कर्णालीका दुइ लाख ५८ हजारभन्दा धेरै नागरिकले गरे स्वास्थ्य बिमा!

प्रेमलाल डागि ,भाद्र२०७८,सोमबार: कर्णालीका दुइ लाख ५८ हजारभन्दा धेरै नागरिकले स्वास्थ्य बिमा गरेका छन । सरकारले लागु गरेको स्वास्थ्य बीमाबाट उपचार खर्चमा छुट हुन थालेपछि नागरिकको आकर्षण बढ्न थालेको हो । अहिलेसम्म प्रदेशभर दुई लाख ५८ हजार ९ सय १३ जनाले बिमा गरि सकेका छन । नागरिकहरुको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउने सरकारको उद्देश्य छ । आर्थिक वर्ष २०७४ असार १ गते जुम्लाबाट स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरेको थियो । हाल कर्णाली प्रदेशका सबै जिल्लामा यो कार्यक्रम लागु भएको स्वास्थ्य बीमा वोर्ड कर्णाली प्रदेशका संयोजक अजुर्न पण्डितले जानकारि दिनुभयो ।

उहाँका अनूसार कर्णालीमा भौगोलिक रुपमले कठिन भएपनि बिमा प्रति नागरिकको आकर्षण बढ्दै गएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा एक लाख एक हजार नौ सय ५२ जना र २०७५र/०७६ मा एक लाख ५९ हजार सात सय ९० जनाले स्वास्थ्य बीमा गरेका थिए । भने २०७६÷०७७ मा ६३ हजार दुई सय ८७ घर परिवार स्वास्थ्य विमा कार्यक्रममा आबद्ध भएको संयोजक पण्डितले बताउनुभयो ।

सबै भन्दा धेरै जुम्लाका ५२ हजार ७ सय २३ जान, सुर्खेतका ५१ हजार ४ सय २७ जना, दैलेखका १० हजार ३ सय ५० जनाले स्वास्थ्य बिमा गरेका छन । यस्तै, डोल्पाका २ हजार एक सय ९० जना, हुम्लाका ७ हजार ३ सय २५ जना, जाजरकोटका ४० हजार एक सय ३४ जना नागरिकले स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएका छन् । कालिकोटमा ३६ हजार ८ सय ६ जना, मुगुमा ४ हजार दुई सय २९ जना, रुकुम पश्चिममा ५५ हजार २७ जना, र सल्यानका ५ हजार ३ सय ८५ जना नागरिकले स्वास्थ्य विमा जोडिएका हुन ।

विमित गरेका नागरिकहरुलाई सेवा सबै जिल्लाका विभिन्न स्थानका २० स्वास्थ्य संस्थाहरुलेसेवा प्रदान गर्दै आएको पण्डितले बताउनुभयो । कर्णालीका स्वास्थ्य संस्थाले सेवा दिन नसक्नु, बीमा कार्यक्रम अन्र्तगत तोकिएका स्वास्थ्य संस्थामा औषधि उपलब्ध नहुनु लगायतमा नागरिकको गुनासो समेत रहेको उहाको भनाई छ ।

यता प्रदेश सरकारले भने विमा राष्ट्रिय विमा कम्पनिले निर्धारण गरेका विधि र प्रक्रिया पुरा गर्नु पर्ने भएकोले केही समस्या भएको जनाएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव विरेन्द्र बहादुर केसीले भन्नुभयो ।

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस