बागचौरमा बन्न लागेको अग्ला टाकुरा भिउँ टावरको निर्माण कार्य धमाधम गरिदै

2078भदौ ७,सल्यान: सल्यान बागचाैर नगरपालिका सल्यानले निर्माण गर्न लागेको अग्ला टाकुरा भिउँ टावरको निर्माण कार्य धमाधम अगाडि बढिरहेको छ ।
विपद र जिखिममा परेका मानिसहरुको उद्वार गर्न सहज होस् भन्ने हेतुले नगरपालिकाले हेलिप्याड निर्माण गर्न लागेको हो ।
बागचाैर नगरपालिकाको आर्थिक सहयोग र नेपाल आर्मीको श्रममा अहिले हेलिप्याड निर्माण भइरहेको छ ।


सबुज गण सिमखर्क सल्यानबाट खटिएको क्याप्टेन दिपक बुढाथोकीको टिमले हेलिप्याड निर्माण गरिरहेको छ । नेपाल आर्मीले अहिले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नाइट ल्यान्डिङ सहितको हेलिप्याड अग्ला टाकुरा भिउँ टावरमा निर्माण गर्दैछौ|

बागचौर नगर प्रमुख लोकमान बुढाथोकि ले यो सबै काम आफ्नै कार्यकालमा सक्ने समेत बताउनुभएको हो|

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस