रोल्पामा अरिङ्गांलको टोकाइबाट मंगलबार एक बालकको मृत्यु!

८,भाद्र रोल्पा

रोल्पामा अरिङ्गांलको टोकाइबाट मंगलबार एक बालकको मृत्यु भएको छ । रोल्पा नगर पालिका वडा नं. ८ जंकोट बामरुक निबासी कुशल पुनमगर र रेजिना पुन मगरको ११ बर्षीय छोरा प्रबिण पुन मगरको अरिङ्गांलको टोकाइबाट मृत्यु भएको हो

घर देखि केहि टाढा बाख्रा गाेठालाेबाट घर फर्किने क्रममा बेलुकि साढे ५ बजेतिर चिउरीको बोटबाट निस्कीएका अरिङ्गांलले उनलाइ टोकेको थियो ।

उनलाइ प्रथामिक स्वास्थ्य चौकि जंकोटमा प्रथामिक उपचार पछि थप उपचारका लागी रोल्पा अस्पताल रेउघामा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो |

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस