दाङमा मोटरसाईकल दुर्घटनाम परि ५ जना घाइते!

भाद्र ९, दाङ :
दाङमा आज(बुधबार) विहान भएको दुर्घटनामा ५ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका १६ विजौरी भोजपुर सडकखण्डको गणेशपुरमा रा ५ प ५०६३ नम्बरको मोटरसाईकल र रा १ ह २८०९ नम्बरको अटो एकआपसमा ठोकिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाइकल चालक तुलसीपुर १६ लक्ष्मीपुरका हस्तलाल बोहोरा र मोटरसाइकल पछाडी बसेका सोही ठाउँ निवासी हेमराज चौधरी घाइते भएका हुन् ।


त्यस्तै अटो चालक तुलसीपुर १५ भोजपुरका ३३ वर्षीय तारा बहादुर डाँगी सहित ३ जना समेत घाईते भएको प्रहरी चौकी विजौरी हेमन्तापुरले बताएको छ । अन्य दुईजना नामथर नखुलेको बताईएको छ । अटोमा सवार एकै परिवारका ३ जना भएको र १ जना भने सकुशल रहेको बताईएको छ । घाइतेहरुको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा

उपचारका लागि पुर्याईएको छ । घाइते केहिलाई गम्भीर चोट लागेको दुर्घटना स्थलका प्रत्यक्षदर्शीले बताएका छन् ।
घुम्ती बाटो र तिब्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ |

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस