
८ भाद्र २०७८:
सल्यान को बागचौर नगरपालिका मा रहेको बालकन्या मा.बि मा एक sanghiya expressका सन्चालकले छट्के गरेको प्रति ठुलो आवज उठेको छ |कयौ स्थानियले सामाजि सन्जालमा मा आफ्ना भनाईहरु ब्यक्त गरिरहेका छन
यसै बिच सल्यान मा रहेको अनलाईन तहल्का का सन्चालक डिल्लि रावत आफ्नो फेसबुक मार्फत यस्तो भने (माइक तेर्स्याएर उसको ब्यक्तिगत चरित्रको धज्जी उडाउने पछिल्लो पत्रकारिताको घिनलाग्दो चरित्रको बहिस्कार गरौं ।)भनेका थिए| यस्तै सल्यान दृस्टिकोण का सन्चालक बामदेब केसिले भने सानो हुदा SLR देखाउने मान्छेहरु सँग डर लाग्ने परिवेश देखि, अहिले DSLR देखाउने मान्छेहरु सँग डर लाग्ने परिवेशमा आइपुगेका छाैं हामी । अहिलेको परिवेशमा कसैले SLR देखाएर तर्साउने वातावरण छैन । पहिलेका SLR भन्दा अहिलेका DSLR खतरा भए । त्यो पनि युट्युबरका DSLR ।
अहिले जमाना भाइरलको छ । साच्चै अहिलेको परिवेशमा हामी एउटा शब्द बोल्न, लेख्न, चुक्याैं भने स्थिती भयावह हुन्छ । अहिले नेपाली युट्युबमा अरुका कमजोरी देखाउने, घर झगडा बनाउने, मिलाउने, तिल जस्तो कुरालाई पहाड बनाउने, भिउँरहरुले तेही हेर्ने र रमाउने बानी भैसक्यो । बनाउनेले गलत content बनाएर पैसा कमाइहाल्छ । भिउँरहरु तेस्तै कुराहरु हेरेर दिनरात बिताइदिन्छन् ।
अहिले कसैको कमजोरीहरुलाई सुधार गराएको भिडियो युट्युबमा मात्र होइन, सामाजिक संजालमा समेत भेट्न मुस्किल जस्तै छ । अहिलेको परिवेशमा युट्युबरलाई प्रगतिशील, संघर्ष, अठाेट, बाधा, संकलप जस्ता शब्द त मनपर्न छोडिसक्यो ।
पैसा, लाइक, सेर र भिउँरमा रुमलिएका युट्युबरले गर्दा नै हाम्रो समाजमा नेगेटिभ कुराहरु हावि हुदै गएको हो । जता हेरे पनि नेगेटिभ कमेन्टहरु मात्र, नेगेटिभ कन्टेन्ट मात्र, नेगेटिभ सेन्सहरु मात्र, पोजेटिभ भन्ने चिज नै छैन ।
त्यसैले हामी सबैले यो देशमा राम्रा युट्युबरको छवि बनाएका बिद्या चापागाईं, अपिल त्रिपाठी जस्ता युट्युबरहरुका कार्यक्रमहरु प्राथामिक्ता दिएर हेराैं । किनकि उहाँहरु दुवैले नेपाली पत्रकारितामा नयाँ चिज प्रयोग गरिरहनु भएको छ । र त उनिहरुले प्रस्तुत गरिएका स्टाेरिहरु सधैं जिवन्त भइरहन्छन् ।
र अन्त्यमा उनले भने सबैले याद गराैं । भाइरल भन्ने शब्द निश्चिति समय सम्मका लागि मात्र हो ।