नेपालगञ्ज देखि जाजरकोट जाँदै गरेको बस बिच बाटो मै द्रुघटना

भाद्र,०९ सुर्खेत ।
नेपालगञ्ज देखि जाजरकोट जाँदै गरेको भ १ ज १०४२ काे फोर्स गाडि सुर्खेतको सिम्ता ४ कालिखाेलामा दुर्घटना भएको छ ।

उक्त जिप सडक देखि ६० मिटर तल खसेको छ । सवार ६ जना मध्य ३ काे अवस्था गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय वादेपिपल राकमका इन्चार्ज तथा प्रहरी निरिक्षेक नन्दराम जैसिले वताए ।

घाइतेमध्ये अासिस शर्मा, गाेरख वुढा र सम्झना शाहकाे अवस्था भने गम्भीर रहेको छ । पुर्व पश्चिम समिति नेपालगञ्ज यातायातको फोर्स गाडीमा १ चालक सहित ६ जना यात्रु सवार रहेको जनाएको छ ।

घाइते हुनेमा रुकुम पश्चिम चौहरजारि ७ का वर्ष १७ का अाषिस शर्मा, रुकुम पश्चिम चौरजाहरिकै अविनास राना, जाजरकोट भेरि नगरपालिका, २ का सम्झना शाह, दिनेश केसि, जाजरकोट भेरि नपा १२ डिवहादुर गन्धर्व, छेडागाड नगरपालिका जाजरकोटका वर्ष ५१ का गाेरख वुढा र चालक सुजन परियारकाे रहेका छन ।

६ घाइतेलाई सल्लिवजारमा रहेको जनवन्धु पाेलिकिलिनिकमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस