
सल्यान १० भदौ ।
सल्यानमा भेरोसेल खोपको दोस्रो डोज लगाउन शुरु गरिने भएको छ । गत साउन १३ गते देखी २२ गते सम्म ५५ वर्ष उमेर पुगेका नागरिक, शिक्षक, खोपको पहिलो मात्रा समेत नलगाएका, अपांगता भएका ब्यक्तिहरुले लगाएको खोपको दोस्रो मात्रा आज बिहीबार देखी शुरु गरिने भएको हो ।
जसअनुसार शारदा नगरपालिका, बागचौर नगरपालिका, त्रिबेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउँपालिकामा दोस्रो मात्रा लगाउन शुरु गरिने स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले बाँकी स्थानिय तहमा पनि केही दिनमा नै दोस्रो मात्रा लगाउन थालिने जानकारी दिनुभयो ।
जिल्लाका करिब १६ हजार नागरिकले भेरोसेलको खोपको पहिलो मात्रा लगाएका थिए ।
प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार