समाजिक कार्यप्रति हातेमालो गरे नगरको बिकासमा टेवा पुग्छ नगर प्रमुख बुढाथोकी

बागचौर नगरपालिका का नगर प्रमुख लोकमान बुढाथोकीले समाजिक कार्यप्रति सबै मिलि हातेमालो गरे गाँउ समाज र नगरको बिकासमा टेवा पुग्ने बताएका छन |

जनहित हार्डवयर थारमारे तथा सबुझ गन खलंगा को श्रर्बदानमा निर्माण भएको खानेपानि ट्यान्की लाई उद्घघाटन गर्दै यस्ता खालका अन्य सामाजिक कार्य सबै मिलि गरे परिबर्तन सम्भब हुनेमा जोड दिए |

कार्यक्रममा वडा न. २ का बा वडाअध्यक्ष टोप ब.डागिले जनहित हार्डवयर थारमारेले यो खानेपानि ट्यांकी निर्मान गरि हजारौ राजमार्कमा हिड्ने सर्बसाधारण लाइ तिर्खा लाग्दा पानि पिउने वाताबरण गराएकाले संचालक सुशिला बुडाथोकीलाई धन्यवाद दिए |

जनहित हार्डवयर को चालिस हजार लगानीमा र सबुझ गनका क्याप्टेन दिपक बुढाथोकी को नेवतृत्वमा रहेको टिमले तिन दिनमा खानेपानि ट्यांङ्की बागचौर नगरपालिका वडा न. २ को जिउला र खरिबोटको बिचमा निर्माण गरिएको हो |
उक्त उद्घाघाटन कार्यक्रममा खरिबोट बजार ब्यबस्थापन का अध्यक्ष खुमराज डागि र स्थानियले जनहितका संचालक शुशिला बुढाथोकीलाई दोसल्ला ऒढाएर समान समेत गरेका थिए |

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस