
राष्ट्रिय प्रजातन्त्र पार्टी बागचौर नगरपालिका वडा न ७ काेटबारा सल्यानमा राप्रपा बागचौर नगरकमिटकाे आयोजनामा माक्स तथा साबुन वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथि पुर्ब संसद तथा राप्रपा सल्यानका जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठले संघियता नेपालमा नेपाली जनता लाई बोझ भएको र राजाहरुको कारण आज हामी नेपाली भनेर बिश्वमा गर्व गर्न पाएकाे समेत दाबी गरे , साथै देशलाई सहि दिसामा लिनलाई राजतन्त्र चाहिन्छ ,राजा भएको बेला देश स्वाधीन र स्वतन्त्र भएको तर अहिले देश बाहिरको अधीन अनि इसरामा चलेको आरोप लगाए ।
बालकन्या माबिमा भएको कार्यक्रममा ६० जना राप्रपा कार्यकर्ताकाे सहभागिता रहेको थियो,माक्स तथा साबुन वितरण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपामा 10 जनाले परिवेश गरेका छन् ,कार्यक्रममा नरेन्द्र महर्जन,काशीराम अधिकारी,स्वजना प्रधान लगायतका बक्ताले बोलेका थिए ।
राप्रपा बागचौर नगर अध्यक्ष प्रमोद डांगीको अध्यक्षता बाट शुरु भएको कार्यक्रमको संचालन राप्रपाका एचके चन्दले गरेका थिए ।