
सल्यान २१, कार्तिक
सल्यानमा बस दुर्घटना हुदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । घटना स्थलमा र उपचारको क्रममा गरेर १० जना महिला र २ जना पुरुष गरेर १२ जनाको मृत्यु भएको
जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घटनामा परी २९ जना घाइते भएको र उनिहरुलाई उपचारका लागि दाङ र सल्यानका विभिन्न अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।
जिल्लाको जैतेपानीबाट दाङको तुलसीपुरका लागि छुटेको रा१ख २५५२ नम्बरको यात्रुबाहक बस कपुरकोट गाउँपालिका ५ खारखोला नजिकै आइतबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटना तिब्रगतिका कारण भएको र चालक फरार रहेको प्रहरीले जनाएको छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ । दुर्घटनाका गम्भीर घाइतेहरुलाई थप उपचारको लागी जिल्ला बाहिर लैजानको लागि हेलिकप्टर आइपुगेको छ।
प्रकाशित मिति : २०७८ कार्तिक २१ गते आइतवार