सल्यानमा बस दुर्घटना नयाँ अपडेटः मृतकको संख्या १२ पुग्यो, ८ को सनाखत (नामावली सहित)

कार्तिक २१, सल्यान ।

सल्यानमा बस दुर्घटना दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । १२ जनामध्ये अहिलेसम्म ८ जनाको सनाखत भएको छ ।

ज्यान गुमाउनेमा सल्यान जिल्ला शारदा नगरपालिका १२ हाल तुलसिपुर ६ बस्ने ५३ वर्षिया प्रभा चलाउने, शारदा नगरपालिका २ बस्ने ६१ वर्षिया मिना डाँगी, शारदा नगरपालिका ३ बस्ने ६६ वर्षिया लिला बुढाथोकी, त्रिवेणी १ काभ्राकी २४ वर्षिया मिना शाही, बबइ गाउपालिका ४ दाञ् बस्ने ६० वर्षिया डुली रेउले, ववइ गाउपालिका ६ पञ्चकुलेकी ७० वर्षिया कलावली बुढाथोकी, घोराही नारायणपुरकी ६५ वर्षिया इन्द्रा अधिकारी, छत्रेश्वरी २ का २९ वर्षिय तिलक वली रहेका छन् ।

मृतक अन्य ४ जनाको सनाखत भएको छैन । ज्यान गुमाउने मध्ये ९ जनाको शव जिल्ला अस्पताल सल्यानमा राखिएको छ भने ३ जनाको श्रीनगरमा राखिएको छ ।

यस्तै घटनामा घाइते भएका मध्ये गम्भिर ५ जनालाई हेलिकोप्टर मार्फत कोहलपुर लगिएको छ । दुई सिफ्टमा उनिहरुलाई हेलिकप्टरमा लगिएको हो ।

अन्य २ जनालाई तेस्रो सिफ्टमा हेलिकप्टरमा नेपालगन्ज लिने तयारी गरिएको छ ।
आज बिहान दुलधारा पोखराबाट खलंगा हुँदै तुलसीपुर जाँदै गरेको ना १ ख २५५२ नम्बरको बस राप्ति राजमार्गको कपुरकोट गाउँपालिका- ५ खारखोलामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेको बस सडकबाट १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बसमा ३६ जना यात्रु रहेको जानकारी दिईएकाे छ । दुर्घटनामा परि २० जनाभन्दा धेरै घाइते भएको बताइएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस