
कात्तिक २२,सल्यान
सल्यानको दार्मा गाउँपालिका वडा -१ को कोटगाउँको एक घरमा आगलागी भएको छ।
कोटगाउँका शुरेस चन्दको घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको पीडित सुरेशले जानकारी दिए ।
हिजो आइतबार बेलुका घरमा कोही नभएको अवस्थामा कर्कट पाताले छाएको दुई तले घरमा आगलागी भएको हो,
आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाडाकुडा र चार लाख नगद जलेर नष्ट भएको पिडित सुरेश चन्दले बताए ।
आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको फारुला प्रहरीले जनाएको छ । पिडित सुरेश चन्दको परिवार अहिले आफ्नै भाइको घरमा बसेका छन् ।
प्रकाशित मिति : २०७८ कार्तिक २२ गते सोमवार