
सल्यानको थारमारे बजार नजिकै एकजना गाडीभित्र मृत अवस्थामा फेला परेका छन् ।
रुकुमबाट नेपालगंज जाँदै गरेकाे बा.प्र.०१००६ ख २५९४ नम्बरकाे हाइस भित्र दाङ तुलसीपुर निवासी अन्दाजी ५५ वर्षिय लाल बहादुर ओली मृत भेटीएका हुन्।
सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ थारमारे बजार नजिकै शारदा हाेटलमा खाना खाने समयमा यात्रुहरु ओर्लिने क्रममा उनि मृत भेटिएकाे ईप्रका थारमारे प्रहरीले जनाएकाे छ ।
प्रहरीकाअनुसार उनि रुकुम नुवाकोटबाट टीका लगाई दाङ जादै थिए , मृतक ओली सिटमा एक्लै बसेका थिए ।
मृतकका आफन्तहरुकोको भनाई अनुसार उनि लामो समयदेखी अल्सर रोगको बिरामी थिए ।
प्रकाशित मिति : २०७८ कार्तिक २२ गते सोमवार