सल्यानमा सामाजिक सञ्जालमा लेखेकै भरमा वडाबाट प्राप्त हुने सेवा सुविधामा रोक

कात्तिक २६,सल्यान

सामाजिक सञ्जालमा गाली गरेको बन्दै सल्यानका एक वडा बासिन्दालाई वडाबाट हुने सेवा सुविधाबाट वञ्चित गरिएको छ।

जिल्लाको बागचौर नगरपालिका – ४ ले स्थानीय दिल बहादुर केसीले वडा अध्यक्ष लगायत जनप्रतिनिधिलाई चरित्र हत्या गरेको भन्दै वडा कार्यालयले विज्ञप्ति नै जारी गरी केसीलाई वडा कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवाबाट वञ्चित गर्ने जानकारी गराएको हो ।

बागचौर नगरपालिका वडा न ४ का वडा अध्यक्ष प्रेम बहादुर पुनद्वारा जारी विज्ञप्तिमा स्थानीय केसीले आफ्नो कमजोरी नसच्याएसम्म वडाबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गरिने उल्लेख गरिएको छ ।

वडाध्यक्ष लगायत सदस्यहरूलाई छोटे राजाको दमनको संज्ञा दिई सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने, अनावश्यक आरोप लगाएकाले सेवा सुविधाबाट वञ्चित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस