एकीकृत समाजवादीका वडा कमिटी सचिव एमालेमै फर्किए

कार्तिक २६, सल्यान ।
सल्यानमा नेकपा एकीकृत समाजवादी पार्टीका एक वडा कमिटी सचिव एमालेमै फर्किएका छन ।

पार्टी बिभाजन पछि नेकपा एमालेकाे कार्यक्रम भनी आफुलाई जानकारी नभई एकीकृत समाजवादीको कमिटीमा राखेको भन्दै जिल्लाको शारदा नगरपालिका वडा नं ३ का वडा कमिटी सचिब तथा नगर कमिटी सदस्य ध्रुव कुमार विष्टले एक बिज्ञप्ति जारी गर्दै नेकपा एमालेमै रहेको जानकारी दिएका हुन् ।

नेकपा समाजवादीको कार्यक्रममा आफू नबस्ने भन्दभन्दै पनि छक्याएर कमिटी राखेकोमा उनले आपत्ति जनाएका छन । बिष्टले आफु नेकपा एमाले मै भएको बताएका छन ।

विष्टले शुक्रबार नेकपा एमालेका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गुलावजंग शाह लगाएत प्रदेश र जिल्ला कमीका नेताहरुको उपस्थितिमा बिज्ञप्ति जारी गरेका हुन ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस