आवश्यक परे ढुगां मुढाबाटै ब्यबस्था परिवर्तन हुन्छ महासचिव बिप्लप ।

कार्तिक २७ धनगढी ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले सबै कम्युनिस्टहरुसंग एकता गर्न तयार रहेको बताएका छन् । आज धनगढीमा आयोजित दलित मुक्ती मोर्चाको पाचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै चन्दले यस्तो बताएका हुन् ।

अहिले एमाले माओवादी लगायतका पुर्व सहकर्मीहरुले समेत एकताको कुरा गरिरहेको बिषयलाई लिएर चन्दले एकता गर्न सकिने बताएका हुन् तर अहिलेको संसदिय ब्यवस्था अनुसार एकता नहुने उनले प्रस्ट पारे ।

महासचिव चन्दले मन्त्री खान, मुख्यमन्त्री खान, कुर्सीका लागी एकता नगर्ने बताका छन् । अहिलेको ब्यवस्थानै हटाएर संसदिय ब्यवस्थानै खारेर गरेर एकताका लागी आए तयार रहेको उनले बताएका छन् । सबै कम्युनिस्ट एक हुनुपर्ने बताउँदै चन्दले अहिलेको संबिधान र ब्यवस्था खारेज गरेर कार्यकारी राष्टपति प्रणाली लागु गर्नुपर्नेमा जोड दिए ।

महासचिव चन्दले कम्युनिस्टलाई कम्युनिस्ट पार्टीलेनै प्रतिबन्ध लगाएको भन्दै दुख ब्यक्त गरे । गरिब निमुखा जनता र राष्ट्रको बारेमा बोल्दा आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएपनि आम जनता र बुद्धिजिबि समाजको आवाजले पनि प्रतिबन्ध फुकुवा गरेको उनले बताए ।

नेपाल कम्युनिस्ट पार्टीलाई आतकंकारीको संज्ञा दिने नेताहरु अहिले एकताको कुरा गरिरहेको र हतियारका कुरा गरिरहेको उनले बताए । देश र जनताका लागी गल तगर्नेहरुका लागी हतियार आवश्यक नभएको भन्दै चन्दले आवश्यक परे ढुगां मुढाबाटै ठिक पार्न सकिने समेत बताए ।
हामिसंग हतियार छ बिदेशीसंग मिलेको छ नेपाल कम्युनिस्ट पार्टी भनेर भन्ने गरिन्छ उनले भने ‘यी सब झुट कुरा हुन् हामीले फेरी लडाई लड्नुपरे हतियार चाहिदैन हामी डुगां मुढा लिएरै लड्न सक्छौँ सबै नेपाली जनता हामीसंगै हुने छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस