
दिपक खड्का,कात्तिक २७,सल्यान ।
दार्मा भलिवल संघ सल्यानको आयोजनामा छठ पर्वको अवसरपारी पालिका स्तरिय बृहत खेलकुद, लोक दोहोरी तथा गजल प्रतियोगिता सम्पन्न भएको छ ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा दार्मा गाउँपालिका भित्रका ६ वडाका महिला र पुरुष समुह गरी १८ समुहले भलिवल , ७ समुहले लोक दोहोरी र व्याटमिन्टन खेलमा ८ समुहले प्रतियोगितामा भाग लिएका थिए ।
षुरुष भलिबल प्रतियोगितामा वडानं १ प्रथम,वडा न ४ दोस्रो र वडा न ५ तेस्रो भएका छन् । यस्तै महिला भलिबल तर्फ वडा न ४ प्रथम, तेस्रो वडा न ५ भएका छन् ।
गजल विधा तर्फ वडा न ४ का एन.वि मल्ल प्रथम, वढा न ३ का रिजन केसी दोस्रो र वडा न २ की सिखा श्री केसी तृतिय भएकी छन् । लोक दोहोरी तर्फ वडा न ६ को कमला शाहीको टिम प्रथम, वडा न २ को लक्ष्मण केसीको टिम दितिय र वडा न ५ को लोकेन्दै वि.कको टिम तृतिय भएको छ ।
दार्मा गाउँपालिका सल्यानको आर्थिक सहयोग र दार्मा भलिवल संघको आयोजनामा भएको भलिवल प्रतियोगितामा विजेताले भलिवलमा प्रथम हुने महिला र पुरुष दुवै समुहले २५ हजार, द्धितिय समुहले २० र तृर्तिय हुने समुहले १५ हजार नगद र मेडेल प्राप्त गरेका छन् ।
यसैगरी ब्याटमिन्टन प्रतियोगितामा प्रथम हुनेले ८ हजार, द्धितियले ६ हजार र तृतिय हुने ४ हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् । लोक दोहोरी प्रतियोगितामा प्रथम हुने समुहले ५ हजार, द्धितिय हुने समुहले ४ हजार र तृतिय हुने समुहले ३ हजार नगद र प्रमाण पत्र, गजल प्रतियोगितामा प्रथम हुनेले १हजार ५ सय, द्धितिय हुनेले १हजार २ सय र तृतिय हुनेले रु १ हजार र प्रमाण पत्र प्राप्त गरेको दार्मा भलिवल संघका अध्यक्ष मदन देवकोटाले वताए ।
।
दार्मा गाउँपालिका अध्यक्ष निमवहादुर केसीले खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारले लगानी गरेको भएपनि प्रयाप्त नभएको वताए । उनले भने संघ र प्रदेशले खेल क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार, प्रशिक्षक लगायतका क्षेत्रमा लगानी वढाउन आवश्यक छ ।