
कार्तिक २८, रोल्पा , बुद्धिमान वलि ।
रोल्पामा पिकअप जीप दुर्घटना हुँदा ३ जनाको मृत्युु भएको छ भने ३ जना घाइते भएका छन् ।
जिल्लाको माडी गाउँपालिका वडा नम्बर ६ हान्निङबा घर्तीगाउँ आउँदै गरेको जीप घर्तीगाउँ नजिकै आइतबार बिहान दुर्घटनामा परि चालकसहित ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
मृतकमध्ये १ पुरूष र एक महिलाको पहिचान हुन नसकेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले बताए ।
घाइते तीन जनालाई उद्धार गरि अस्पताल पुर्याइएको र उनीहरू गम्भीर घाइते भएकाले बाहिरी जिल्ला लैजान हेलिकप्टरसँग कुरा भइरहेको डिएसपी सुवदीले बताए।
जीपमा ६ यात्रु भएको आशंका भइरहेको सुबेदीले बताए ।
दुर्घटनाको कारण खुलेको छैन। ‘दुर्घटनास्थल भिरालो र मोडहरूसहितको छ,’ उनले भने ‘ब्रेक फेल भएर दुर्घटना भएको अनुमान भइरहेको छ।’
जीप अझैं भिरमै अड्किएको अवस्थामा रहेको छ। जीप साढे ३ सय मिटर तल खसेको डिएसपी सुबेदीले जानकारी दिए । जीप स्थानी बजारबाट घर्तीगाउँ तर्फ आउँदै थियोे ।