सल्यानमा १३ जना सवार जीप दुर्घटना, १२ जना घाइते

कार्तिक २९, सल्यान ।

सल्यानमा चालकसहित १३ जना सवार जीप हुर्घटना भएकाे छ l जिल्लाकाे छत्रेश्वरी गाउँपालिका ६ लान्तीबाट राणागाउँ हुँदै वडा नम्बर ७ काे सिमपानी तुसारे जाँदै गरेकाे रा १ ज ५२८ नम्बरकाे जीप साेमबार साँझ दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परि १२ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाकाे नेपालगन्ज रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

घाइतेहरुकाे अहिले श्रीनगर स्थित कान्तिपुर अस्पतालमा उपचार भैरहेकाे छ । अस्पतालका अनुसार घाइते सबै खतरामुक्त छन् । तर केहिकाे घात खुट्टामा धेरै चाेट भएकाेले बाहिर रिफर गर्नुपर्ने बताइएकाे छ ।

जीप उकालाेमा चढ्न नसकेर सडकमै पल्टिएकाे थियाे । चालकलाइ प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे ।

प्रकाशित मिति : २०७८ कार्तिक २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस