कार्तिक ३० सल्यान । बिप्लप नेकपाले गरेको नेपाल बन्दको प्रभाव सल्यान लगायत देशभरी देखिएको छ । पेट्रोलियम पदार्थको मूलवृद्धिको विरुद्ध यक्त पार्टीले गरेको नेपाल बन्दले छाेटा तथा लामाे दुरीका गाडीहरु ठप्प छन् भने बजार, स्कुल, कलकारखाना लगाएका क्षेत्रहरु बन्द छन् ।
सल्यानका मुख्य बजारहरु पनि बन्द रहेका छन् । जिल्लाकाे प्रमुख व्यापारी केन्द्र श्रीनगर बजार बिहानैदेखि सुनसान छ । त्यस्तै खलंगा, थारमारे, लुहाम, कपुरकाेट, सल्लीबजार लगाएतका बजार क्षेत्रहरु पनि बिहानैदेखि सुनसान छन् ।
जिल्लाबाट छाेटाे तथा लामाे दुरीमा छुट्ने सार्वजनिक यातायातका सवारी साधनहरु पुर्ण रुपमा बन्द देखिएका छन् । केही निजी सवारी तथा माेटरसाइकलहरु भने फाटफुट रुपमा चलेकाे देखिन्छ ।
बन्दकाे अवधिमा अस्पताल, एम्बुलेन्स, शवबहान, खानेपानी, तरकारी, दुग्धजन्य पदार्थका गाडी, प्रेसका सवारी, दमकल लगायत अत्यावश्यक सेवाहरु भने खुल्ने नेकपा सल्यानका इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य सविन पाेखरेलले बताए । बेलुकी ५ बजेसम्म रहने बताइएकाे छ ।
सरकारले आजदेखि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसाबले मूल्य बृद्धि गरेकाे छ ।
नेपाल बन्दले सल्यानका बजार क्षेत्रहरु सुनसान, सवारी साधनहरु पनि ठप्प ।
प्रकाशित मिति : २०७८ कार्तिक ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस