राप्रपा सल्यान द्वारा स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण

मंसिर ०१, सल्यान । राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानले बनगाड कुपिण्डे नगरपालिकाको देबस्थल स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको छ ।
बुधबार सल्ली बजारमा आयोजित एक कार्यक्रमका बिच राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय निर्देशक समितिका सदस्य राजेन्द्र बीर रायले अक्सिजन कन्सन्ट्रेटर मसिन हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै नेता रायले अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गर्न पाएकोमा खुशि ब्यक्त गर्नु भएको थियो भने केन्द्रिय कार्य सम्पादन समितिका सदस्य अनुबम सिङ्ह श्रेष्ठले पार्टी द्वारा देबस्थल स्वास्थ्य चौकीलाइ अक्सिजन कन्सन्ट्रेटर मेशिन हस्तान्तरण गरिएकोले यहाँका जनतालाई राहत हुने बिश्वास ब्यक्त गर्नु भयो।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष तथा पूर्ब सांसद नेत्रलाल श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानले धेरै जन उपयोगी काम गरेको बताउनु भयो । उहाले भन्नु भयो – ‘बिद्यालयमा इन्टरनेट जडान , मूटू स्वास्थ्य शिबीर सन्चालन , युबा रोजगार मुलक तालिम र यस्तो मशिन राप्रपा सल्यानले मात्रै बितरण गरेको छ ।
कार्यक्रममा जिल्ला प्रबक्ता बिमर्श प्रधान , क्षेत्रीय अध्यक्ष शिव बहादुर ओली समेत मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम जिल्ला उपाध्यक्ष तथा सचिबालय प्रमुख बालाराम शर्माले सन्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार
प्रतिक्रिया दिनुहोस