
सल्यान मङ्सिर २ दिपक खड्का ।बुद्ध जनकल्याण मा .वि मा लगाइएको तालाबन्दी ४ दिनपछी खुल्यो आज खाेलिएकाे छ ।
विद्यार्थी काे पठनपाठन नियमित गर्ने ,कक्षा ९,१० को रजिस्टेसन रु ४०० गर्ने, कक्षा १० को आबेदन शुल्क ६०० बनाउने,बढी लिएको रकम सम्पुर्ण बिद्यार्थीलाई फिर्ता गर्ने,कक्षा ९ को सामाजिक विषय शिक्षण गर्दा बिद्यार्थीले नबुझ्ने भएकोले अर्को शिक्षकको ब्यबस्थापन गराउने लगायतका बुदामा अखिल (क्रान्तिकारी )सल्यानसङ सहमति भएको अखिल (क्रान्तिकारी )सल्याका अध्यक्ष राजेन्द्र खड्काले रोजर अनलाइनलाई जानकारी दिए ।
साथै बिद्यालयमा अबदेखि विषय विज्ञ शिक्षक नियुक्त गर्ने ,विद्यार्थी बाट लगिएको महंगो शुल्क फिर्ता गर्ने ,सेनिटरि प्याडमा लगिएको शुल्क फिर्ता गर्ने लगायतका महत्त्वपूर्ण निर्णय सहित सहमति भएको अखिल (क्रान्तिकारी )सल्यानका उपाध्यक्ष सेजन चन्दले जानकारी दिए ।
,विद्यालय प्रशासन संगकाे सहमतिमा अखिल (क्रान्तिकारी )सल्यानका उपाध्यक्ष सेजन चन्द ,जिल्ला सदस्य पुस्कर सुनार लगायतको सहभागिता रहेको थियो ।
अब भोलि शुक्रबारबाट बिद्यालयमा निरन्तर पठनपाठन काे प्रक्रिया सुरु हुने छ ।