दाङबाट रोल्पाका लागि छुटेको बस दुर्घटना : चार जनाको मृत्यु,४ जना घाइते ।

मंसिर २ रोल्पा । रोल्पाको माडी गाउँपालिकामा बस दुर्घटनामा भएको छ । दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बस शहितमार्ग अन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता इन्सपेक्टर कृष्ण रानाले जानकारी दिनुभयो ।

बसमा सवार १० जना रहेको अनुमान गरिएको छ । बस सडकदेखि १०० फिट तल खसेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस