नेपाली काँग्रेस सल्यानको प्रदेश सभा ‘ख’ मा सुरेश अधिकारीको प्यानल बिजयी,प्रदेश क म भने गणना जारी ।

मंसिर ४, सल्यान l
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सल्यानको दुई प्रदेश निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भएको थियो ।

प्रदेश सभा ‘ख’ को मत परिणाम सकिएकाे छ ,
प्रदेश सभा ख मा सुरेश अधिकारी र वीर बहादुर सेजवाल बिच प्रतिस्पर्धा भएको थियो ,प्रदेश ख मा ४२ मतको अन्तरले सुरेश अधिकारी बिजय भएका छन् ।

प्रदेश सभा ख को निर्वाचनमा जम्मा ५९९ मत खसेको थियो । उक्त निर्वाचनमा सुरेश अधिकारीको सम्पुर्ण टिमनै बिजय भएको छ । मत परिणाम हेर्दा सभापति सुरेश अधिकारी ३१२, उपसभापती गिरिराज ओलि ३१५, रिषी राम खत्री २६९, सचिव अनिल सिह २८१, श्याम कृष्ण महातरा २९५, सह-सचीव प्रीयबत्र श्रेष्ठ ३०१, होमसिङ बोहरा २९८ रहेको छ,
विपक्षी टिमका सभापति वीर बहादुर सेजवाल २७०, उपसभापति पेशल सिङ डाँगी २१४, पुर्ण बहादुर भण्डारी २४७, सचिव शोभाकर राणा २४८, मेघ राज भण्डारी २६२, सह-सचीव ढाक बहादुर चन्द २४०, रोहित देबकोटा २३१ रहेको छ ।

प्रदेश सभा `क´ मा पनि गोरख खत्री र शुरेस चन्दबिच कडा पर्तिस्पर्धा देखीएकाे छ ।
अहिले मत गणना भैरहेको र अन्तिम परिणाम आउन केही समय लाग्ने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस