प्रचण्ड–विप्लवबीच भेटवार्ता ,बैज्ञानिक समाजवादका लागी जनमत संग्रह गर्ने सहमति ।

४ मंसिर, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । भेटमा दुई पार्टीबिछ जनमत संग्रहको विषयमा छलफल भएको स्रोतले बतायो ।

माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच केही दिनयता पार्टी बैज्ञानिक समाजबाद अहिलेको आबस्यकता भएकाले जनमत संग्रहमा जानी विषयमा छलफल चल्दै आएको छ । यसको पहल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले गर्दै आएका छन् । शनिबार बिहान पनि महराले नै विप्लवलाई प्रचण्डको निवास खुमलटार लगेर गएका थिए ।

‘छलफलमा प्रचण्ड, विप्लव र महरा मात्र बसेको जनाइएको छ । दुई पार्टीबीच जनमत संग्रहमा गरेर जान सकिने विषयमा सकारात्मक छलफल पनि भएको बताइएको छ ।

स्रोतले भन्यो, ‘तत्काल जनमत संग्रह गर्न छलफल चलाउँदै जाने समझदारी पनि भएको खुलेको छ।

तत्कालीन नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्य ‘किरण’सँगै विप्लव पनि अलग भएका थिए । पछि उनी वैद्यबाट पनि अलग भए । उनले २०७१ साल मंसिर १३ गते चितवनमा अलग्गै भेला गरी आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गर्ने निर्णय गरेका थिए ।

तर भूमिगतरुपमा बम विष्फोट, लगायतका गतिविधि गरेपछि तत्कालीन सरकारले २०७५ फागुन २८ गते विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो

प्रकाशित मिति : २०७८ मङ्सिर ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस