सल्यानमा माओवादी केन्द्रकाे वडा सम्मेलन सम्पन्न,सबैजसाे वडामा निर्विरोधले नेतृत्व चयन

मंसिर ५ सल्यान ।
नेकपा (माओवादी केन्द्र) सल्यानले १० स्थानीय तहका सबैजसाे वडामा निर्विरोधले नेतृत्व चयन भएको जनाएकाे छ ।
शनिबार करिब ७५ देखि ८० वटा वडाहरुमा नेतृत्व चयन गरिएकाे र  बाँकी वडाहरुमा आइतबार नेतृत्व चयन हुने नेकपा माओवादी केन्द्र सल्यानले जनाएको छ।
बागचौर नगरपालिका वडा नम्बर ५  मा भने अख्तियारकाे मुद्दा खेपिरहेकाहरु पनि वडा कमिटीमा ताेकिएका छन् । ४ वर्ष देखि विधुतिकरणमा हिनामिना गरेको आरोपमा सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका शिवप्रसाद पुन र पार्वती पुनलाई पनि वडा कमिटीमा राखिएपछि अन्य पार्टी सदस्यहरुले बिराेध जनाएका छन् ।
साेहि मुद्दा खेपिरहेका बीरेन्द्र प्रसाद ओलीले भने बिराेधपछि आफ्नाे मनोनयन फिर्ता लिएका थिए ।
संविधानले ३३ प्रतिशत महिला सहभागिता र १३ प्रतिशत दलित सहभागिताको व्यवस्था गरेअनुसार बागचौर नगरपालिका वडा नम्बर ९ मा पनि सर्वसम्मत २४ सदस्यीय वडा कमिटी चयन भएको छ ।

जसमा अध्यक्ष प्रेम प्रकाश शर्मा, उपाध्यक्ष पविता शर्मा, सचिव प्रकाश डाँगी, सह-सचिव लक्ष्मी दमाई, कोषाध्यक्षमा कमल डि.सी रहेका छन ।
उता बागचाैर ४ मा भने चुनाव नै भएको छ । लालबहादुर बिक लाई झिनो मतान्तरमा पछि पार्दै डिल्ली वली अध्यक्षमा बिजयी भएका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस