राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सल्यानले कुमाख,झिम्पे र लुहामको हेल्थपोष्टमा एक एक वटा कन्सर्ट्रेटर मसिन हस्तान्तरण गर्‍यो ।

मंसिर ५ सल्यान दिपक खड्का ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार दोहली हेल्थ पोष्ट झिम्पे र लुहाम हेल्थपोष्ट त्रीबेणीमा एक एक वटा कन्सर्ट्रेटर मसिन हस्तान्तरण गरेको छ ।
उक्त मेसिन कुमाख हेल्थ पोस्टमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य अनुबम सिंह श्रेष्ठले हस्तान्तरण गरेका हुन ।
तेस्तै दोहली झिम्पे र लुहाम त्रीबेणीमा राष्ट्रिय प्रजातन्त्र पार्टी कर्णाली प्रदेश उपाध्यक्ष शिला बुढाथोकी र गणेश भण्डारीले फरक कार्यक्रमका बिच हस्तान्तरण गरे, उक्त अबसरमा पार्टीका सल्यान जिल्ला अध्यक्ष तथा पूर्ब सान्सद नेत्र लाल श्रेष्ठले बिगतमा कोरोनाको भयाबह अबस्थामा अक्सिजन नपाएर धेरैको ज्यान गएको र मसिन जडान भए पछि अब यी क्षेत्रका जनताहरुले भयभहअवस्था भोग्न नपर्ने कुरामा जोड दिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै एउटा यस्तो पार्टी साबित भएको जस्ले जनहितको लागि मात्रै काम गर्नेछ ,युबाहरु बेरोजगारवास मुक्त र दक्ष बनुन भनेर युबाहरुलाई बिभिन्न तालिमका अबसर दिलाएको , बिद्यालयहरुमा इन्टरनेट जडान गरेको , स्वास्थ्य शिबीर सन्चालनका साथै बिद्यार्थीलाई स्कलर्शिपको अबसर दिलाएको स्मरण गराए ।

उक्ति कार्यक्रमको लुहाममा गणेश भण्डारीको र झिम्पेमा धनश्याम बिकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमहरुमा उपाध्यक्ष द्वय प्रदिप थापा र चन्द्रकला बिक प्रशिक्षण बिभाग प्रमुख नरेन्द्र महर्जन , युबा मोर्चाका जिल्ला अध्यक्ष अन्जिब श्रेष्ठ , जिल्ला सदस्य तथा उध्योग बाणिज्य सङ्घका सदस्य झक्कु प्रसाद रावत र ध्रुब राज बुढाथोकी समेतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस