कांग्रेसकाे चुनावको रौनक :सल्यान खलंगाका हाेटल बुक सडकमा छ्याप्छ्याप्ती ब्यानरले भरियो खलंगा बजार ।

मंसिर ५ सल्यान
नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनले सल्यान सदरमुकाम खलंगामा व्यापक चहलपहल भएकाे छ । खलंगामा सधै सुनसान हुने हाेटलहरु आज भरिभराउ भएका देखिन्छन् ।
उमेदवारहरुले आफ्नाे पक्षमा तान्नकाे लागि गाउँबाट आएका मतदाताहरुलाइ आफुले बुक गरेका हाेटलहरुमा लिने गरेका छन् । हाेटलहरुमा पनि त्यहि प्रकारले मासु भात लगाएतकाे खानाकाे व्यवस्था गरिएकाे मतदाता प्रतिनिधिले बताए ।
सल्यानमा दुइ प्यानल खडा भएर कांग्रेस चुनावी मैदानमा छ । याे खर्च सबै उमेदवारहरुले बेहाेर्ने हाेटल संचालकले बताएका छन् ।

सल्यानमा दुइ प्यानल खडा भएर कांग्रेस चुनावी मैदानमा छ । याे खर्च सबै उमेदवारहरुले बेहाेर्ने हाेटल संचालकले बताएका छन् ।
प्रतेक गाउँगाउँबाट आउने प्रतिनिधिहरुलाइ पनि उमेदवारहरुले गाडीकाे व्यवस्था गरेका छन् ।
यस्तै खलंगाका प्रत्येक भित्ता, सडककाे छेउ तथा तारहरुमा उमेदवारहरुका प्रचारका व्यानरहरु टाँसिएकाे छ । उमेदवारहरुले महिनाैं अघिदेखि नै गाउँगाउँमा गाडी लिएर प्रचारप्रसार समेत गरिसकेका थिए ।

यी सबै दृश्य हेर्दा काँग्रेसकाे चुनावी खर्च महंगाे देखिन्छ । कांग्रेसले लाेकतान्त्रिक पद्धतिअनुसार चुनाव गरेकाे बताउँदै आएपनि सामान्य पैसा नहुँनेले चुनाव लड्ने आँट गर्न नसक्ने खालकाे देखिन्छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस