
मंसिर ५ सल्यान दिपक खड्का ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र दार्मा गाउँपालिका वडा नम्बर २ को प्रथम सम्मेलन आइतबार सम्पन्न भएको छ ।
दार्मा गाउँ पालिका २ मौलेइखालिमा सम्पन्न सम्मेलनले पठु खत्रिको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा लाल वहादुर केसी, सचिब धुर्ब चन्द, कोषाध्यक्ष सरिता वि क र सहसचिब चन्द्रकला रोकाय रहेका छन् ।
त्यस्तै सम्मेलनले ३० सदस्यीय पालिका प्रतिनिधि पनि छनोट गरेको छ । निवर्तमान अध्यक्ष डिल्लि बहादुर केसीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य निम बहादुर केसी प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै उक्ति कार्यक्रममा जिल्ला सदस्य अन्नत प्रसाद शर्मा चन्द्र बहादुर रावत ,अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य देबेन्द्र चन्द ,दलित मुक्तिमोर्चा सल्यानका अध्यक्ष मानसिङ वि क लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि निम बहादुर केसि ले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै सम्मान गरेका थिए ।