नेपाली काँग्रेस सल्यानको निर्वाचन आजहुँदै ,सभापति पदमा बिष्ट र पुरी विचमा कडा प्रतिस्पर्धा

सल्यान ६, मंसिर
नेपाली काँग्रेस सल्यानको सभापतिमा केश बहादुर बिष्ट र धुर्वराज पुरीका विचमा कडा प्रतिस्पर्धा हुने भएको छ । सोमबार हुने जिल्ला मतदानका लागि आइतवार बिष्ट र पुरी दुवैले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा पक्षबाट बिष्ट र काँग्रेस नेता पौडेल पक्षबाट पुरीले उम्मेदवारी दर्ता गरेका हुन् ।

अधिबेशनमा पौडेल र देउवा पक्षका विच कडाप्रतिस्पर्धा सल्यानमा हुने देखिएको छ । बिष्ट जिल्ला समन्वय समितीका प्रमुख हुन, भने पुरी पुर्वजिविस सभापति हुन् ।

यस्तै बिष्टको टिमबाट उपसभापतिमा सन्तोष केसी र गोपाल बुढाथोकी, सचिवमा दिल्ली प्रसाद जैसी र एकराज बुढाथोकी, सहसविचमा खिम बहादुर रावत र बुद्धि प्रकाश हमालले उम्मेदवारी रहेको छ । भने पुरीको टिमबाट उपसभापतिमा चक्र देवकोटा र डिल्ली बहादुर बुढाथोकी, सचिवमा प्रकाश भण्डारी र लोकराज आचार्य, सहसचिवमा जनकराज गौतम र पदम बहादुर बुढाथोकीले उम्मेदवारी दिएका हुन् ।

जिल्लाभर १ हजार २ सय ८० मतदाता रहेको निर्वाचन अधिकृत सुनिल श्रेष्ठले जानकारी दिय।सोमबार बिहान ८ वजे देखी साँझ ४ वजेसम्म मतदान हुनेछ । मतदान पश्चात आवश्यक तयारी गरेर मत गणनाको शुरुवात गरिने निर्वाचन समितीले जनाएको छ ।

यसअघि भएको जिल्लाका दुबै प्रदेशसभाको निर्वाचनमा पौडेल पक्षका उम्मेदवारले विजयी हाँसिल गरेका थिए । जिल्लाका दश वटा पालिकामा भएको पालिकाका निर्वाचनमा देउवा र पौडेल पक्षका गरेर ५÷५ तहमा जित निकालेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस