दाङ-सल्यान सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने ।

मंसिर ८ सल्यान । दाङ-सल्यान सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय दाङले मंसिर ७ देखि २१ गतेसम्म राप्ती राजमार्ग बन्द हुने जनाएको छ।

राम्री-चोरखोला सडकखण्ड स्थित दाङको भुभागमा स्तरोन्नति गर्नुपर्ने भएकाले १५ दिनसम्म बन्द हुने प्रशासन कार्यालय दाङले जनाएको छ ।बिहान ७ बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसाे ३ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सवारी साधनको आवागमन बन्द रहने जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत अम्मरराज आचार्यले जानकारी दिए ।

पहिला पनि दाङ-सल्यान सडकखण्डकाे
चाेरखाेला-कपुरकाेट खण्डलाइ बन्द गरेर स्तरउन्नती कार्य गरिएकाे थियाे ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस