
मंसिर १२ सल्यान ।
सल्यानका ७ स्थानिय तहमा माओवादी केन्द्रकाे सम्मेलन सम्पन्न भएकाे छ ।
देशभर एकैदिन गाउँ तथा नगर सम्मेलन गर्ने पार्टी केन्द्रको कार्यक्रम बमोजिम शनिबार जिल्लाको शारदा नगरपालिका, दार्मा, कालिमाटी, छत्रेश्वरी, कपुरकोट, त्रिवेणी र सिद्धकुमाख गाउँपालिकामा सम्मेलन सम्पन्न भएकाे हाे ।
यी सात पालिकाहरूमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै सम्मेलन सकिएको साे पार्टीले जनाएकाे छ ।बाकी तीन पालिका बागचौर, बनगाड र कुमाखमा भने सम्मेलन जारी रहेको छ । त्यहाँ पनि सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा निर्वाचन गर्ने वा सर्वसम्मतकाे प्रयास नेताहरुले गरिरहेका छन् ।
अन्य तीन पालिका बागचौर, बनगाड र कुमाखमा भने सम्मेलन जारी रहेको छ । त्यहाँ पनि सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा निर्वाचन गर्ने वा सर्वसम्मतकाे प्रयास नेताहरुले गरिरहेका छन् ।
शारदा नगरपालिका अध्यक्ष : नबिन सिंह भडेल उपाध्यक्ष : तिलक बिक, पुष्कर बस्नेत र सुकदेव बिकसचिव : सन्ताेश कुमार राई सह सचिव : लिला बहादुर राेका काेषाध्यक्ष : चेत ब. गिरि (चेतन) सहित ४ जना पछि थप्ने गरि ६१ सदस्य ।
कालिमाटी गाउपालिका अध्यक्ष : रुद्र बहादुर घर्ती ‘प्रगति’ उपाध्यक्ष : पुरुषोत्तम भट्टराई, गम बहादुर रावत र भोला प्रसाद खत्रीसचीव : शालीग्राम भट्टराई सह सचीव : टेकराज पुलामी मगर कोषाध्यक्ष :संगीता खासु सहित ८ जना पछी थप्ने गरि ५५ सदस्य ।
कपुरकोट गाउपालिका अध्यक्ष : प्रकाश भण्डारी उपाध्यक्ष : खड्क सिंह ठकुरी, शेर बहादुर पुन र लक्ष्मी बोहरा मल्लसचिव :बालाराम खड्का सहसचिव : पबन कार्कि कोषाध्यक्ष : तिला ओली लगायत ५५ सदस्य ।
त्रिवेणी गाउँपालिका अध्यक्ष : राजेन्द्र कुमार थापा उपाध्यक्ष : नेत्र प्रकाश पुन, कृष्ण बहादुर के सीसचिव : छविलाल बुढाथोकी सह सचिव : भूपाल सिंह रकाल कोषाध्यक्ष :;सुमित्रा परियार सहित ५५ सदस्य ।
छत्रेश्वरी गाउपालिका अध्यक्ष : प्रेम बहादुर खडका उपाध्यक्ष : धुर्वराज भण्डारी, प्रेमलाल घर्ती र गणेश भारतीसचिन : रुद्र बुढाथोकी सहसचिव : पुर्ण बहादुर थापा काेषाध्यक्ष : रमेश यरि सहित ५५ सदस्य ।
दार्मा गाउँपालिका अध्यक्ष : चन्द्रबहादुर रावत उपाध्यक्ष : असबिर बुढाथोकी टक वली र टीका शर्मा वलीसचीव दुर्गा बहादुर मल्ल सह सचीव : डिल्ली बहादुर केसि कोषाध्यक्ष : धनिराम नेपाली ५५ सदस्य रहेको माओवादी केन्द्र सल्यानले जानकारी दिएको छ ।