
मंसिर १२ जाजरकोट । बस दुर्घटना हुँदा जाजरकोटमा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
नेपालगन्जदेखि जाजरकोटको राडिबजार जाँदै गरेको ना६ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराहचौक नजिक दुर्घटना भएको हो।
दुर्घटनामा थप २७ जना घाइते भएको जाजरकोटका डीएपी मधुकुमार थापाले जानकारी दिए ।
घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको पनि छ ।
रघटना बारे थप विवरण आउन बाँकी रहेको जाजरकोट प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार