
मंसिर १९, सल्यान ।
नेपाली कांग्रेसकाे १४ औं महाअधिवेशन अन्तर्गत सल्यानमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय महाअधिवेशन समितीमा विजय भएका एकराज डाँगी कर्णाली प्रदेशकाे सह महामन्त्री पदमा पनि अरुभन्दा बढी मतका मत ल्याएर निर्वाचित भएका छन् ।
पदाधिकारीमा सबैभन्दा बढी मत ल्याउने दाेस्राे नम्बरमा उपसभापति कालीबहादुर सहकारी रहेका छन् । उनले ४ सय ५६ मत ल्याएका छन् ।
सबैभन्दा बढी मत ल्याएर सहमहामन्त्रीमा विजय भएका डाँगी सल्यान बागचाैर निवासी हुन् । २०४९ सालमा नेपाल विद्यार्थी संघ सल्यानकाे उपाध्यक्ष भएका डाँगी कांग्रेसकाे १२ औं महाधिवेशनमा जिल्ला सचिव भएका थिए ।
२०५७ सालमा १० औं महाधिवेशन प्रतिनिधि हुँदै ११ औं महाधिवेशनमा महासमिति सदस्य समेत भएका डाँगी १३ औं महाधिवेशनमा महासमिति सदस्य थिए।
२०७४ सालमा भएकाे प्रदेशसभा निर्वाचनमा उनले सल्यान प्रदेश सभा (क) मा चुनाव लडेका थिए । तर तेतिबेला माओवादी केन्द्र र नेकपा एमालेबिचको समीकरणका कारण प्रदेशसभा निर्वाचनमा केहि मतले पराजित भएका थिए ।
प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार