
मंसिर २२ सल्यान ,प्रकाश के सि ।
खैरावाङ प्राविधिक शिक्षालयले शैक्षिक सत्र २०७८÷०७९ का लागि नयाँ भर्ना भएका विद्यार्थीहरुलाई एक कार्यक्रम गरेर स्वागत गरेको छ ।
स्वागत कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले विद्यार्थी जहिले पनि अनुसासित बनेर ज्ञान हासिल गर्नु पर्नमा जोड दिए।कार्यक्रममा अतिथि शारदा नगरपालिका १२ का वडाध्यक्ष तथा नगर सभापति दिपक हमाल, जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रमुख लक्ष्मण विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए ।
शिक्षालयमा नयाँ शैक्षिक सत्रमा अध्ययनरत विद्यार्थीहरुलाइ कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट, अतिथि तथा सभाध्यक्षले फुलमाला र खादा ओढाएर स्वागत गरेका थिए ।
कार्यक्रममा अतिथिको रुपमा इलाका प्रहरी कार्यालय शितलपाटीका इन्चार्ज लिला चन्द, जनपत्रकार कर्णाली प्रदेश उपाध्यक्ष योगराज विश्वकर्माको उपस्थ्तिी रहेको थियो ।
कार्यक्रममा नयाँ बिद्यार्थीहरुले गित नृत्य प्रस्तुत गरेर सबैलाई मनोरञ्जन दिएका थिए, भने शिक्षालयका प्रवन्धक मोहन प्रकाश वलीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षालयमा विद्यार्थी पुष्पा बोहराले रहेको थियो ।