कांग्रेस नेता सिंहले मतदाता नामावली बनाउनेहरुका लागि निशुल्क गाडीको व्यवस्था गरे ।

मंसिर २३, सल्यान , बिरेन्द्र चन्द

कांग्रेस नेता विशाल सिंहले मतदाता नामावली बनाउन जानेहरुका लागि निशुल्क गाडीको व्यवस्था गरेका छन् ।

सल्यान दार्मा गाउँपालिका निवासी सिंहले गाउँपालिकाको केन्द्र फारुलामा मतदाता नामावली बनाउन जानेहरुका लागि गाउँ-गाउँबाट निशुल्क गाडीको व्यवस्था गरेका हुन् ।

दार्मा गाउँपालिकामा मंसिर १७ देखि २६ गतेसम्म मतदाता नामावली संकलनको शिविर संचालनमा छ ।

कांग्रेस दार्मा गाउँपालिकाको सभापतिमा ९ मतले पराजित बनेका उनी पछिल्लो समय समाजिक सेवाका तल्लीन छन् । उनले केही समय अगाडि सल्यान गेट बनाउने सल्यानी युवाहरुलाई टिसर्टको व्यवस्था गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस