बिहेमा गएका एक किशाेर सल्यानमा मृत फेला ।

मंसिर २३ सल्यान
सल्यानमा १६ वर्षीय किशाेर सल्यानमा मृत अवस्थामा फेला परेका छन् ।
बिहेमा जन्ती गएका एक जना जिल्लाको कपुरकोट गाउँपालिका–६ निवासी अन्दाजी १६ वर्षीय टेक बहादुर बोहरा कपुरकोट गाउँपालिकाकाे वडा नम्बर ५ ओखरपाटा भन्ने स्थानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बुधवार गाउँमा एक जनाको बिहेमा जन्ती गएका उनि घर नफर्किएपछि मृतकका परिवारले प्रहरीलाइ खबर गरेका थिए ।
प्रहरी र स्थानीयले खोज गरेपछि बिहिवार दिउसो ओखरपाटाको भिरबाट करिब ५० मिटर तल बारीमा शव भेटिएको प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस