सल्यान आउदै गरेको जीप दुर्घटनाः २ को मृत्यु , १९ घाइते

मंसिर २६, सल्यान ।

दाङ देखी सल्यानका जान लागेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने, १९ जना घाइते भएका छन् ।

दाङको तुलसीपुर देखी सल्यानतर्फ आउँदै गरेको रा १ ज ४३८ नम्बरको जिप आइतबार साँझ साढे ४ बजे राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर ३ सिरखोलामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य १९ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनकारी दिएको छ । मृत्यु हुने ४५ वर्षीय सौनी घर्ती र ४८ वर्षका प्रेम प्रकाश शर्मा रहेका छन् ।

घाइते तीन जनालाइ उपचारका लागि कोहलपुर रिफर गरिएको र अन्यको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जनाएका छन् ।

जिप सडकबाट अन्दाजि २ सय मिटर तल खेतमा खसेको छ, जिप सल्यान कुन ठाउँका लागि छुटेको हो र कति यात्रु थिए भन्नेबारे अझै एकिन नभएको अर्यालले बताएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस