पुस ९ सल्यान
नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन नेपाल जिल्ला समिति एक कार्यक्रमका बीच घोषणा भएको छ ।
जसको सल्यान अध्यक्षमा बुद्धि पुन चयन भएका छन् भने उपाध्यक्षमा बामदेव केसी, मेघा रेउले, सचिव खेमराज सुनार, सह-सचिव गोविन्द आचार्य, करेश्मा गिरी, कोषाध्यक्ष महेश कुमार वली र सदस्यहरु सुनिल वली, लिला कुमारी वली, सुरेन्द्र चन्द, धिरेन्द्र परियार, भवानी बुढाथोकी, राधिका कवर र अनु निश्चल वि.क रहेका छन् ।
समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल शुक्रबार सल्यान आएको बेला समाजवादी प्रेस संगठनको जिल्ला कार्य समिति घोषणा गरिएको हो ।
एमाले एक हुँदा प्रेस चौतारी नेपाल थियो । पछि एमाले विभाजन भएपछि प्रेस चौतारीबाट छुट्टिएर समाजवादी प्रेस संगठन बनेको थियो ।
प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार