नेकपा एमालेको बैठक खलंगामा सम्पन्न ,जिल्ला अधिबेशन पुस २३ गतेहुने

पुस ९ सल्यान ।
नेकपा एमालेको जिल्ला कमिटी बैठक खलंगामा सम्पन भयकाे छ !
पुस २३ गते हुने जिल्ला अधिबेशनलाई लक्ष्य गरि बैठक गरिएको जिल्ला अध्यक्ष गोबिन्द पुनले जानकारी दिएका छन ।

पार्टी कार्यलयमा सम्पन्न बैठकमा अधिबेशन लक्षीत महत्त्वपूर्ण निर्णयहरु भयको बताईएको छ ।
जस अन्तर्गत निर्णय नं. १ मा अधिबेशन प्रतिनिधिमुलक तरिकाले सम्पन्न गर्ने,१० प्रतिनिधि बराबर १ जना प्रतिनिधि आउने तेसमा ३३% प्रतिशत महिला अनिवार्य हुने दलित तथा जनजातिकाे हकमा सम्बन्धित पालिकाले निर्णय गर्ने
विभिन्न क्षेत्रमा छुटेका महत्त्वपूर्ण ब्यक्तिहरु मध्यवाट गाउँपालीका बाट ५ जना नगरपालिका वाट ७ र जिल्ला कार्यालय बाट २० जना थप मनाेनित गर्ने ,१४ गते सबै पालिका कमिटीकाे बैठकले प्रतिनिधि छनाैट गरि सक्नु पर्ने ,प्रतिनिधिहरुकाे दुई प्रती फाेटाे सहित १७ गते भित्र जिल्ला पार्टी कार्यालयमा बुझाउनु पर्ने,निर्णय नं २, मा विभिन्न उपसमितिहरु गठन गरिएकाे छ जसअन्तर्गत
१) प्रतिनिधि ब्यबस्थापन र प्रतिबेदन लेखन उपसमिति संयाेजक क.गाेबिन्द पुन
२) प्रचार प्रसार उपसमिति संयाेजक क. दिपेन्द्र प्रकाश डि.सी.
३) खाद्य तथा आवास ब्यबस्थापन उपसमिति क. संयाेजक मनाेज सिंह
४) स्वयमसेक ब्यबस्थापन उपसमिति संयाेजक दान बहादुर के.सी.
५) आर्थिक ब्यबस्थापन उपसमिति संयाेजक भिम बहादुर सेन
६) मन्च ब्यबस्थापन तथा अतिथि सत्कार उपसमिति संयाेजक क. जित बहादुर चलाउने रहनुभएको छ ।

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार
प्रतिक्रिया दिनुहोस