एमसीसी नेपाली जनताबाट अस्वीकृत छ भन्छन् पूर्व मन्त्री टेकबहादुर बस्नेत ।

सल्यान , २८ माघ । पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता टेकबहादुर बस्नेतले एमसीसी नेपाली जनताबाट अस्वीकृत भएकाले संसद्बाट अनुमोदन गर्न नमिल्ने बताएका छन् ।
रेडियो मध्यपहाडको मध्यपहाड बहस मा पत्रकार कमल डांगी सङ कुरा गर्दै नेता बस्नेतले भने, “एमसीसी सम्झौताले नेपालको राष्ट्रियता र स्वाधीनतामाथि गम्भीर आँच पुर्याएको छ । यसमा अमेरिकाले नेपाललाई जबर्जस्ती गर्न पाउँदैन । कसैको करकाप, धम्की र हस्तक्षेप नेपाली जनतालाई अमान्य छ । एमसीसी नेपाली जनताबाट अस्वीकृत भएकाले संसद्बाट अनुमोदन गर्न मिल्दैन । हामी नेपाली जनता र मुलुकका हितबाहेककोसम्झौता गर्न सक्दैनौं उनले बतायका छन ।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस