बागचौर नगरपालिका को आठौं नगरसभा सम्पन्न प्राथमिकता मा भ्युटावर ।

बागचौर नगरपालिका को आठौं नगरसभा सम्पन्न भएको छ आठौं नगरसभाका अध्यक्ष एबम बगचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकीले ले आफनो ५ बर्षिय कार्यकालमा आफुले सकेसम्म चुनावताका बाचा गरेको प्रतिबद्धता पूरा गरेको बतायका छन आफ्नो दुई बर्षिय कार्यकालमा कोरोनाले केही असर गरेपनी आफुले जनपक्षीय काम कर्य गरेको बतायका छन यो अवस्था मा आफुलाई माथिललो तहबाट सहयोगमा नभएको बतायका छन ।
काम गर्दै जाँदा बजेट बाँडफाँड गर्दै जाँदा जनताहरुले चाहेअनुसारका काम १२ वटै वडामा नपुगेको भए आफ्नो नियतबस नपुगेको, नगरेको नभई परिस्थिति र बजेटले गर्न नदिएको बताएका छन ।
 यस्तै ५ वर्षिय कार्यकाल सकिनै लाग्दा आफ्ना अनुभुती सुनाउँदै बागचौर नगरपालिका उप-प्रमुख कल्पना पुनले यो कार्यकाल अनुभवकै कार्यकाल भएकोले आफुहरुले सोचेजति गर्न नसकेको अनुभुती गरेको बताईन । उनले सरकारको यो पदमा रहेर काम गर्नु भनेको गरेपनि नहुने, नगरे पनि नहुने रहेछ भन्दै जनताहरुले नै स्थानीय सरकारलाई आँखाको कंसिगरको रुपमा लिएको महसुस गरेको बताईन ।
नगरपालिकाबाट बजेट पारित भैसकेपछि समयमै निर्णय हुन नसक्ने र कामको पनि कार्यान्वयन हुने नसकेर ढिलाइ हुन जाने साथै उपभोक्त समितिहरुले काम गर्न नसक्ने तर जनताले दोष जति आफुहरुलाई थुपार्ने गरेको बताईन ।

यस्तै सल्यान जिल्लाका प्रायः पालिकाहरुमा स्थायी कर्मचारीहरुका लागि पद पुर्ती भैसक्दा पनि बागचौर नगरपालिकामा स्थायी कर्मचारीहरुको पद पुर्ती नभएकोले करार कर्मचारी र स्थायी कर्मचारीहरु फेरबदल भैरहने भएकोले काम सहज ढङ्गले गर्न नसकेको समेत बताईन ।
बागचौर नगरपालिकाको अग्लाटाकुरामा बनेको भ्युटावरको विषयलाई सबैले गरेको नकारात्मक टिप्पणीको विषयमा संघिय सरकारले नै पर्यटन क्षेत्रका लागि माथिबाटै तोकेकोले पर्यटन क्षेत्रमा विकास पुर्याउन हामीले भ्युटावर बनायौ, कुनै पनि ठाउँमा बनेका संरचनाहरु सबै विकासका पुर्वाधारहरु भएर बनेका छन भन्ने पनि हुदैन त्यसैले विकासका काममा बाधा पुर्याई यसलाई ठुलो गराउने काम नगर्न अनुरोध समेत गरेकी छिन ।

नगरसभामा नगर प्रमुख बुढाथोकीले प्रस्तुत गरेको संसोधित योजना बजेट उपस्थित सबैजनाले एकैसाथ पास गरेका थिए ।
बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाललको स्वागत मन्तव्यबाट सुरुको कार्यक्रमको संचालन नगर शिक्षा शाखा प्रमुख टेक ब. डि.सी. ले गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस