२७ औं जनयुद्ध दिबशको अबसरमा सल्यान मा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

फल्गुण १, सल्यान ।

नेकपा माओवादी केन्द्र बागचौर नगर समितिले २७ औं जनयुद्ध दिवस को अबसरमा शुभकामना आदानप्रदान प्रदान कार्यक्रम बागचौरमा सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र सल्यान जिल्ला समन्वय समितिका संयोजक कृति बहादुर पुनले २७ औं जनयुद्धको वार्षिकोत्सबको अवसरमा जनयुद्धका महान सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईते, अपांग भएका योद्धाप्रति स्वास्थ्यलाभको कामना गरेका छन । उनले जनयुद्धबाट मुलुकले गरेको प्राप्तिको रक्षा गर्नुपर्ने समेत बतायका छन
यस्तै नेकपा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्माले नेपालमा एक ऐतिहासिक परिघटना भयो र त्यसलाई अन्तिम टुङ्गोमा लगाउनको लागि नेपालका सबै पार्टीहरु एकताबद्ध भएर राजतन्त्रको अन्त्य गर्नको लागि लामबद्व भएको दिन फागुन १ गते अर्थात् आज त्यसको सुरुवात भएको दिन भएको बताउँदै त्यसैको परिणाम स्वरुप आफुहरुले अहिले संघिय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक, समावेशी, उत्पिडित रुपमा रहेका महिला, अपांग, दलित, जनजातिहरुका लागि अधिकार सम्पन्न गराउने र त्यसको निम्ति आवज उठाउने अवस्था प्राप्ति गरेको दिन भएको बताए ।
कार्यक्रमका सभाध्यक्ष नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवम् बागचौर नगर ईन्चार्ज टिकाराम वलीले फागुन १ गते एउटा महान ऐतिहासिक दिन भएको भन्दै सिङ्गो समाजलाई मुक्ति दिलाउनको निम्ति, शोषण, दमण र अत्यचारका विरुद्ध एउटा नयाँ खालको विद्रोह विरुद्ध बोल्ने एवम् आवज उठाउन पाउने अवसरका रुपमा यो दिनलाई लिएको बताएका छन ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवम् बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकी, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य सुम्निमा डि.सी., नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवम् बागचौर नगर उप-प्रमुख कल्पना पुन, ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख सुशील थापा, बागचौर नगर शिक्षा शाखा प्रमुख टेक ब. डि.सी. लगायत बागचौरस्थित सम्पुर्ण सरकारी तथा गैर सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, बुद्धिजीवी र पत्रकारहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण नेकपा माओवादी केन्द्र बागचौर नगर समिति अध्यक्ष शोभाराम भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस