
४ फाल्गुन २०७८ सल्यान ।
विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले सल्यान मा बन्दको दिन सरसफाइ कार्यक्रम गरेकाे छ ।
पार्टीका जिल्ला सेक्रेटरी नारायण चन्दको नेतृवमा थारमारे बजार हुँदै जनकल्याण नमुना माध्यमिक बिधालयको प्राङगण सम्म सरसफाइ गरेको छ । ससफाइ कार्यक्रममा बोल्दै सेक्रेटरी नारायण चन्दले बन्द गर्नु आफनो रहर नभयर बाधयता भयको बतायका छन । संसदवादी दलहरुले अहिले राष्ट्रघाती एमसीसीलाइ टेबल गर्न खोजीरहेको र आफुहरुले आफनो पार्टीले बिरोध गरिरहेको बतायका छन । आफू र आफनो पार्टी सधै नेपाली जनता र राष्ट्रियताको बिषयमा अडिग हुने बताएका छन । सरसफाइ कार्यक्रममा पार्टीका
नेता कर्याकर्ता , शिक्षक, बजार ब्यबस्थापन समितिका अध्यक्ष आदिको उपस्थिति रहेको थियो । सरसफाइ कार्यक्रम संचालन बागचौर नगर इन्चार्ज मदन चन्दले गर्दै संचालन गर्दै पार्टीको नेतृत्वमा भएको राष्ट्रियता काे आन्दोलन जनताको अमुल्य सहयोग रहेको आफुहरु सामाजिक कार्यमा संलग्न रहेको र निरन्तर जनताको विचमा भएको बतायका छन ।
।