
१० फल्गुण २०७८ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कर्णाली प्रदेश सदस्य लोक बहादुर डाँगी सहित अन्य नेताकार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादीमा एमालेका एक सय भन्दा बढि नेता तथा कार्यकर्ताले एमाले परित्याग गरी समाजवादीमा प्रवेश गरेका छन । मंगलबार सल्यान खलंगामा आयोजित शारदा नगरपालिका स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा एमालेका नेता लोक बहादुर डाँगी सहित एक सय भन्दा बढी कार्यकताले समाजवादीमा प्रवेश गरेका हुन ।जिल्ला समन्वय समितीको सभाहलमा भएको पार्टि प्रवेश कार्यक्रममा राष्ट्रिय सभाका सदस्य उदय बोहरा र उप महासचिव प्रकाश ज्वालाले खादा र माला लगाएर पार्टीमा स्वागत तथा प्रवेश गराएका छन् । पार्टी प्रवेश गर्नेहरुमा जिल्ला सदस्यहरु, खुमराज ओली, खेम कुमारी डाँगी, नन्दलाल अधिकारी, भुपाल डाँगी लगायतका रहेका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता डाँगीले एमाले पार्टी सहि भए पनि त्यस भित्रका व्यक्ति सित बिचार नमिलेर आफुले एमाले पार्टी छोडनु परेको बताए । एमाले प्राइभेट कम्पनीको रुपमा रहेको उनको आरोप रहेको छ । । अझै केही दिन पछि एमालेका अरु नेताहरुले पनि एमाले पार्टी छोडेर समाजवादी तिर आउने उनको दावी रहेको छ ।