एमसीसी विरुद्धको आन्दोलन व्यापक बन्दै सल्यानमा भोलि जिल्ला प्रशासन घेराउ गर्ने ।

११ फाल्गुन २०७८ ।

एमसीसीका विरुद्ध को आन्दोलन देशभर व्यापक बन्दै गएको छ ।सल्यानका ३ विद्यार्थी संगठनले भाेलि जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने जनाएका छन् ।

माओवादी निकट अखिल क्रान्तिकारी, विप्लव नेतृत्वकाे नेकपा निकट अखिल क्रान्तिकारी  र एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियु सल्यानले आज संयुक्त प्रेस वक्तव्य जारी गर्दै भाेली जिल्ला प्रशासन कार्यालय सल्यानमा घेराउ गर्ने जनाएका हुन् ।

दुइ अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष माेहन खड्का, राजेन्द्र खड्का र अनेरास्ववीयुका अध्यक्ष निरज सिंहले आज संयुक्त वक्तव्य जारी गरेर एमसीसीकाे विरुद्ध आन्दाेलन गर्ने जनाएका हुन् ।

यस्तै आज बेलुका ६ बजे शितलपाटी स्थित शिवजन क्याम्पसकाे गेटबाट मसाल जुलस गरिएको छ ।

प्रतिनिधि सभाको बैठकमा भाेली एमसीसीमाथी छलफल गरिने भएकाे छ । प्रतिनिधि सभाको बैठक भोलि १ बजे बस्दैछ । सरकारले गत ८ गतेको बैठकमा एमसिसी टेबल गरेकाे थियाे ।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस