बागचौर नगरपालिकाले गर्‍यो एकैदिन तीन वटा वडामा विद्युत उदघाटन ।

फाल्गुन १४ सल्यान २०७८ ।

सल्यानको बागचौर नगरपालिकाले एकै दिन तीन वटा वडामा विद्युत उदघाटन गरेको छ ।
नगरपालिकाको उज्यालो नगर अभियान अन्तर्गत वडा नम्बर छ को जामुनेचौर वडा नम्बर ४ को मगर नमुना बस्ती १२ नम्बर वडाको स्याउली बजारमा विद्युत लाइन उदघाटन गरिएको हो ।
उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख लोकमान बुढाथोकीले ले सबै वडामा विद्युत बिस्तार गर्ने गरेर कार्य अगाडी बढिरहेको बताएका छन ।
विद्युतको काम अन्य कार्यभन्दा झनझटिलो भयकाले केहि समय लागन गयको बताएका छन ।

बिधुत उद्घाटन पछि स्थानीय बासिन्दाहरुले बर्षौ सम्मको बिधुत बाल्ने धोको पूरा भएको बताएका छन् ।शुक्रबार भएको बिधुत उद्घाटन बाट करिब ८ सय घरधुरी लाभान्वित भएको बताइएको छ ।

कार्यक्रममा बागचौर नगरपालिका कार्यालयका योजना अधिकृत पुर्ण बहादुर वली, नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्र प्रतिनिधि गिरिजेश शुक्ला र बागचौर कार्यालयका कर्मचारी भरत रावत, सम्बन्धित वडाका जनप्रतिनिधिहरु लगायत स्थानीय राजनीतिक दलका अगुवा नेता कार्यकर्ता तथा जनसमुदायहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस