
१४ फाल्गुन २०७८ ।
सल्यानमा जनयुद्धको समयमा बलिदान गर्ने सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन कार्यक्रम गरिएको छ।
विप्लव नेतृत्व को नेपाल कम्युनिस्ट पार्टीको आयोजना मा जिल्लाको बागचौर नगरपालिका वडा नम्बर २ मा रहेको सहिद गेटमा राखिएका सहिदहरुको सालिकमा माल्यअर्पन गरेर कार्यक्रमको सुरुवात गरिएको हो ।
कार्यक्रम का प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवम् सल्यान जिल्ला इन्चार्ज सबिन पोखरेलले सहिदका सपनाहरू पूरा गर्न आफनो पार्टी लागि परेको र बाकी रहेको आफनो जीवन क्रान्ति र जनपक्षीय काममा समर्पित गर्ने बताएका छन ।
कार्यक्रमका बिशिस्ट अतिथि एवम विशेष कमिटी सदस्य लोकपाल के सी ( महेन्द्र ) ले जबसम्म जन्ताले मुक्ति पाउदैन तब सम्म सहिदको सपना पूरा नहुने बताएका छन ।
कार्यक्रममा सहिद तथा बेपत्ता परिवारका परिवार जनलाइ खादा टीका लगायर माल्याअर्पन गरेर सम्मान गरिएको थियो ।
बागचौर नगर इन्चार्ज मदन चन्दको सभा अध्यक्षयमा भयको कार्यक्रमको सन्चालन पार्टीका जिल्ला कमिटी सदस्य टोपबहादुर वलिले गरेका थिए ।