
१५ फागुन काठमाडाैँ – नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् ।
नाबालिग गायिकाले ज बरजस्ती क रणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन् ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका छन् ।
उनले भने ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,
‘नेपालको कानुनलाई सम्मान गर्दै आइतबार नेपाल प्रहरी सामु म आफै उपस्थित हुने भएका छन् ।
त्यस्तै शाहले प्रयोग गर्दै आएको बा ०१ ०२६ च १०८४ नम्बरको निलो टाटा नेक्सन गाडीलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको छ ।