जबर्जस्त एमसीसी संसदबाट अनुमोदन गर्दै गरेको भन्दै भोलि नेपाल बन्द ।

१५ फाल्गुन २०७८ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत अन्य ६ कम्युनिष्ट पार्टी र दुइओटा मोर्चाले भोलि नेपाल बन्दको घोषण गरेको छ ।
पाँच दलिय गठबन्धन सरकारले राष्ट्र घाती एमसीसी सम्झौता संसद बाट अनुमोदन गर्दै गरेको भन्दै नेपाल बन्दको घोषण गरेको हो ।
१५ गत्ते साझ मसाल जुलुस र १६ गत्ते सशक्त नेपाल बन्दको घोषण गरेको छ ।
नेपालका सम्पूर्ण देशभक्तहरुले बिरोध गर्दा पनि सरकारले मुर्खता पुर्ण रुपले रातारात एमसीसी कम्प्याक्ट गर्न खोजेको बिज्ञप्ती मा लेखिएको छ ।
एमसीसी राष्ट्रघाती देशको स्वाधीनता लुटने अमेरिकी योजना भयकाले एमसीसी विरुद्ध सम्पुर्ण देशभक्त नेपालीहरुले बिरोध गर्नुपर्ने बिज्ञपती मा लेखिएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस